Aamsanchar

क्रान्ति सफल  बनाउन क्रान्तिकारी पार्टी गोलबन्द

Author Image
आइतवार, भदौ २६, २०७३

mohan-baidhya

काठमाडौँ  ।

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुकमा अझै पनि क्रान्ति सफल नभएकाले सफल बनाउन क्रान्तिकारी पाटी गोलबन्द भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको यहाँ  उद्घाटन गर्दै अध्यक्ष वैद्यले क्रान्तिलाई पूर्णता दिनका लागि क्रान्तिकारी पार्टी एक हुनुपर्ने बताउनुभएको हो ।

देश विकासका लागि ठूलाठूला राष्ट्रिय गौरवका आयोजना स्वदेशी लगानीमा नै गर्नुपर्नेमा जोड दिँदै उहाँले ठूला दलहरु देश निर्माणका लागि एक नभएर विखण्डनका पक्षमा लागेको आरोपसमेत लगाउनुभयो ।

मोर्चाका संयोजक सिपी गजुरेलले वर्गीय सङ्गठनसमेत एक भएर देश विकासका लागि अघि बढ्नुपर्ने भन्दै मोर्चाले नेपाली जनताको हकअधिकार सुनिश्चित गर्न सधैँ तत्पर रहने विश्वास दिलाउनुभयो ।

अखिल नेपाल किसान सङ्घका अध्यक्ष भूमेश्वर कँडेलले जनवादी क्रान्ति सफल पार्नका लागि सबै वर्ग र समुदायको सहभागिता हुनुपर्ने बताउनुभयो ।

अखिल नेपाल टे«ड युनियनका अध्यक्ष ईश्वर तिमिल्सिनाले क्रान्ति सफल पार्नेक्रममा भएका घाइते र अपाङ्गलाई अहिलेसम्म पनि अलपत्र पारिएको गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर