Aamsanchar

कर्मचारीको सरुवा भटाभट

Author Image
आइतवार, भदौ २६, २०७३

काठमााडौँ ।

मन्त्रिपरिषद्ले सरुवाका लागि निजामती सेवा नियमावली संशोधन गरेपछि सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाको प्रक्रिया थालेको छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेपछि मन्त्रालयले सरुवाका लागि प्रक्रिया थालेको मन्त्रालयका सहायक प्रवक्ता नन्दराज ज्ञवालीले जानकारी गराउनुभयो ।

‘‘सरुवाका लागि निवेदनअनुसार सरुवामा योग्यता पुगेका कर्मचारीको छानबिनको प्रक्रिया थालेका छौ’’, उहाँले भन्नुभयो, ‘‘योग्यता पुगेका कर्मचारीलाई मन्त्रालयको आवश्यकताअनुसार सरुवा गर्छौं ।’’

उपसचिव ज्ञवालीले आउँदो शुक्रबारसम्म सरुवाका गर्नुपर्ने सबै कर्मचारीलाई सरुवा गरिसक्ने जानकारी गराउनुभयो । नियमावलीअनुसार साउन मसान्तमा अन्तरमन्त्रालय सरुवा गरिसक्नुपर्नेमा सरकार परिवर्तन भएका कारण सरुवा एक महिनापछि धकेलिएको हो ।

उहाँका अनुसार मन्त्रिपरिषद्ले मन्त्रालयले यही भदौ मसान्तसम्म अन्तरमन्त्रालय सरुवा गर्नुपर्ने, असोज १५ भित्र मन्त्रालय र असोज मसान्तसम्म विभागले सरुवा गरिसक्ने गरी नियमावली संशोधन गरिएको छ ।

उपसचिव सरहको सरुवा सचिवले र शाखा अधिकृतसम्मको सहसचिवले सरुवा गर्न पाउने व्यवस्था भएपनि सरुवा हुन सकेको थिएन । उहाँले सरुवाका लागि निवेदन दिएकासँगै मन्त्रालयमा आवश्यक अन्य कर्मचारीको पनि सरुवा गरिने तयारी भइरहेको जानकारी गराउनुभयो ।

‘‘सरुवाका लागि निवेदन नदिएका कर्मचारीलाई पनि हामीले विभिन्न मन्त्रालयको आवश्यकताअनुसार सरुवा गर्ने तयारीमा छौँ’’, उहाँले भन्नुभयो, ‘‘केही मन्त्रालयले त्यस्ता योग्य कर्मचारीको माग गरेका छन् । हामीले कर्मचारीको योग्यताअनुसार सरुवा गर्छांै ।”

यस आर्थिक बर्षमा करिब तीन हजार २०० कर्मचारीले सरुवाका लागि निवेदन पेस गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर