Aamsanchar

सामूहिक बलात्कार आरोपमा वडा सचिव सहित तीन जना पक्राउ

Author Image
शुक्रवार, वैशाख ५, २०७७

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना वडासचिव पक्राउ परेका छन् । मंगलबार साँझ घरनजिकै गोठालो गएका बेला १५ वर्षीया युवतीलाई वडासचिवसहित तीन जनाले सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका ४ का सचिव २९ वर्षीय रामकुमार चौधरी रहेका छन् ।

त्यस्तै प्रहरीले बलात्कार आरोपमा वडासचिवसँगै सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेशकुमार चौधरीलाई पनि पक्राउ गरेको छ । तीनै जनालाई नियन्त्रणमा लिई कैलाली जिल्ला अदालतबाट बलात्कार मुद्दामा अनुसन्धानका लागि १५ दिनको अनुमति लिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । उनका अनुसार तीनै जनाले ती किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउँ भनी बलात्कार गरेको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर