


उर्लाबारी (मोरङ)।

मोरङको तेतरीया–९ मा आज दिउँसो अन टेस्ट ( परिक्षण) मा चलाइएको टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मोरङ मोतीपुर–९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका माझीको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
Views: 152

