Aamsanchar

सचेत बनौं

Author Image
बुधवार, वैशाख १०, २०७७

विश्वमा कोरोना भाइरसको त्रास फैलिएको छ । कोरोना घट्ने होइन बढ्ने स्थितीमा छ । अहिलेको समय एकदमै डरमर्दो छ । विश्व नै लक डाउनमा फस्यो । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ। जसले गर्दा लाखौंको मृत्यु भइसकेको छ । म अहिले वैदेशिक रोजगारीको सिलसिलामा दुबई आएको छु । विगत दुई वर्ष देखि । यहाँ पनि लक डाउन छ । विश्वमा यसको त्रास फैलिरहदा मान्छेले मनोबल घटीरहेको छ । मान्छेहरु तनावमा गइरहेको देखिन्छ ।यस्तो विपदको घडीमा सकारात्मक हुन जरुरी छ । हामी सबैजना सचेत हुन आवस्यक रहेको छ । मान्छेहरुले भ्रम सिर्जना गरेर अझ त्रास फैलाइरहेको देखिन्छ । विश्वमा यो भाइरस तीब्र गतिमा बढिरहेको छ ।यसबाट बच्न मनोबल बढाएर । सकारात्मक हुने माक्स ग्लोब्स लागाउने र सरसफाइमा ध्यान दिन जरुरी छ । सरकारले कोरोना भाइरसबाट बच्नको विभिन्न उपायहरु अपनाइरहेको छ।

म पनि भिसा अवधि सकेर घर फर्किने योजना बनाएको छु । प्राय सबै देशमा लक डाउन रहेको छ ।प्राकृतिक विपत्ति ले विभिन्न किसिमको दुख दिइरहेको छ । गरीब निमुखाहरु आज खायो भोलि के खाने भन्ने स्थिती रहेको छ । ज्याला मजदुरहरुको ।यस्तो जोखिम परिस्थितिमा अझ गाह्रो हुँदै गइरहेको अवस्था छ । सरकारबाट राहतको व्यवस्था गरेको छ । अहिलेको यस्तो परिस्थितिमा चोक बजारमा तिर विकृति मैलाएको देखिन्छ । कालाबजारी गर्नेहरुको लाइन छ । म पनि आफ्नो देशमा बसेर केहि गर्ने इच्छा रहेको छ।आफ्नै देशमा बसेर केहि गरुँ जस्तो हुन्छ । तर नेपालमा रोजगार छैन । गरिबहरु गरिब भइरहेका छन् । धनीहरु अझ सम्पन्न भइरहेका छन् । परिवारको लागि भनेर म बिदेश आए ।यहाँ पनि सोचे जस्तो हुदैन रहेछ ।

किन किन हो आफ्नो देश नै प्यारो लाग्दो रहेछ । आफ्नै देशमा रोजगारको सिर्जना गर्ने हो ।गर्‍यो भने जे पनि हुन्छ। जगललाई फोडेर फुलबारी त बनाउन सकिन्छ भने आँट हिम्मत हौसला हुनुपर्छ । केहि गर्ने योजना छ ।यो कोरोना भाइरसले गर्दा काम पनि रोकियो । घर फर्किने चाहने हरु पनि बन्दी जस्तो फसेका छन् । त्यो भएर म पनि आउन पाइरहेको छैन । अझै केहि समय लाग्ने सम्भावना रहेको छ । यस्तो बिपदको समयमा घर परिवारको याद बढी नै आउने रहेछ । परिवारसँगै बस्ने इच्छा हुदाहुदै पनि आउन पाइरहेको छुइन ।विश्व नै लक डाउनको चपेटामा छ । यो समय सुख दुख बाड्ने । आमा बाबु लाई साथ सहयोग गर्ने समय हो ।

कोरोना भाइरस बढे पछि घरमा चिन्ता बढेको छ । घरमा फोन गर्दा माक्स लागाउनु । ग्लोब्स लगानु ।भिडभाडमा न जानू ।खाली एउटै कुरा सोधी रहन्छन् ।अहिलेसम्म म पनि सुरक्षित छु । सुरक्षाका उपायहरु अपनाउँदै आएको छु । तपाईहरु पनि यसबाट बच्नको विभिन्न पनि अपनाउन सक्नुहुनेछ । घरबाट बाहिर न जानुहोस । अत्यावश्यक कुरा लिन मात्र बाहिर निस्किनु होस । माक्स लगाउनुहोस । ग्लोब्स लागाएर हिँड्ने ।सरसफाइमा ध्यान पुर्याउनु होस । कुरा गर्दा पनि दुई मिटर दुरि को आपसमा कुरा गर्नुहोस ।जे कुरा पनि सचेत बनेर अघि बढनु होस ।सकारात्मक मनोबल दह्रो बनाउन जरुरी रहेको छ । लक डाउनको समय छ । बाहिर पनि न निस्कन आग्रह गर्दछु । घरमै बसेर सिर्जनात्मक र रचनात्मक बन्ने। घरका सदस्य सँग रमाउने। नयाँ नयाँ कुरा सिक्नको लागि यो राम्रो अवसर हो ।कोरोना भाइरस विरुद्ध सचेत बनेर जागरुक नागरिक बनेर । सुरक्षित बनै खुसी हौ । लकडाउन को पालना गरौ । कोरोना भाइरस विरुद्ध लडौ र घरमै बसौं सरकारलाई सहयोग गरौं ।र हामी सचेत बनौं ।

लेखक संग्रौला झापा बिर्तामोड निवासी हुँन हाल दुबईमा छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१