Aamsanchar

सुनसरीमा लकडाउन थप कडा गरिदै, अत्यावश्यक पसल पनि बन्द

Author Image
बिहिवार, वैशाख ११, २०७७

सुनसरी । छिमेकी जिल्ला उदयपुरमा कारोना संक्रमितको संख्या बढदै गएपछी उच्च सतर्कता अपनाउन  आवस्यक हुदाहुदै पनि नागरिकको आवसेकतालाई मध्यये नजर गरेर सुनसरीमा हिजो विहान देखि केहि खुकुलो भएको लकडाउनलाई सुनसरी प्रशासनले कडाई गर्ने भएको छ । अत्यावश्यक बस्तु किन्न जादा पनि भिड बढेको भन्दै लकडाउनलाई थप ब्यवस्थित र कडा बनाईने जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

धरान ,इटहरी,इनरुवा सँगै सम्पूर्ण बजार बन्द गराईने जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ । त्यो सँगै सिमा क्षेत्रमा थप कडाई गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले निर्देशन समेत दिएका छन ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले हिजो र आज अत्यावश्यक पसल खोले पनि भोली देखि भने औषधी पसल बाहेक अन्य सामान खरिद विक्री गर्न पूर्ण रुपमा बन्द हुने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर