
अर्जुनधारा । अर्जुनधारा सरसफाइ अभियानका संयोजक कमल पोख्रेललाई पितृ शोक परेको छ ।

उनका ८६ वर्षीय पिता गोपीकृष्ण पोख्रेलको आज निधन भएको हो । प्रेसर, सुगर र मुटु रोगबाट ग्रसित पोख्रेलको बिर्तामोडस्थित छोरा राजकुमारको घरमा आज दिउँसो २ बजे हृदयघात भएको कान्छा छोरा कमल पोख्रेलले जानकारी दिए ।

उनको पार्थिव शरीरलाई अहिले मुल घर अर्जुनधारा ७ स्थित डाँडागाउँमा ल्याइएको छ । १६ दिनअघि मात्र उनकी जेठी श्रीमतीको निधन भएको थियो । उनका दुई परिवारबाट ८ छोरी र ७ छोरा रहेका छन् ।

Views: 172


