Aamsanchar

नपरुन्जेल फितलो, परेपछी बाह्रदशी गाउँपालिका सिल गर्ने तयारी

Author Image
सोमवार, वैशाख १५, २०७७

हप्ता दिन अघि वडा नं.४ चकचकीमा राहत लिन भेला भएका सार्वसाधारणहरु ।

झापा । झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै गाउँपालिका शील गर्ने निर्णय भएको छ ।

जसका लागि आज  बैठक बसेर गाउँपालिका कति दिनका लागि सिल गर्ने भन्ने विषयमा टुङ्गो लगाउने गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिनुभयो ।गाउँपालिकामा संक्रमित भेटिएसँगै जोखिम बढेकाले उनीसँगका सम्पर्क व्यक्ति पनि खोजी गरिने अध्यक्ष राजवंशीले बताए ।

संक्रमित ति पुरुष भारतको दिल्लीको तब्लिगी जमातमा सहभागी भएर गत चैत ११ गते घर फर्किएका थिए । जसमा झापाका दुई जना सहभागी थिए ।दमकका एक व्यक्ती उनीसँगै सो सभामा सहभागी भए पनि उनमा कोरोना संक्रमण नरहेको जनाइएको छ । उनको पनि यस अघि आरडीटी परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिए पनि विराटनगरमा गरिएको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

यस अघि बाह्रदशी गाउँपालिकामा लकडाउनको पूर्ण पालना भएको थिएन, गाउँपालिकाको चकचकी, फूलबारी, डाँगीबारी लगायतका ठाउँमा सर्वसाधरणको भिड र आयवत जावत खतरा पूर्ण देखिन्थ्यो भने राजगढ बजारमा भने प्रभावकारी रुपमा लकडाउनको पालना गराइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर