समाजमा एक कुशल नेतृत्व कर्ताको रुपमा आफूलाई स्थापित गराउन सफल झापा कनकाई नगरपालिका दुर्गापुर निवासी कुमार पोखरेल आजभोली नगर भित्र लकडाउनको प्रत्यक्ष असर र पिंडा भोग्न बाध्य बनेका परिवारलाई सहयोग गर्दै सामाजिक उत्तरदाहित्व वहन गर्दै लकडाउनको समय वेतित गरिरहेका छन ।
सुरुंगा जेसीज, पूर्व अध्यक्ष, कनकाई उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष, पृथ्वी सहकारीका अध्यक्ष, उद्योग बाणिज्य महासंघ प्रदेश १ को सदस्य र रोटरी क्लव अफ सुरुंगाको नेतृत्व, लगायत धेरै संघसंस्थामा आबद्ध रहेर कुशलतापूर्वक कार्यकाल सम्पन्न र निरन्तरता दिदै नेतृत्व सम्मालेर सामाजिक रुपान्तरणकालागि आफ्नो क्षेत्रवाट महत्वपूर्ण भूमिका खेल्दै आएका युवा समाजसेवी पोखरेलले आँफूले नेतृत्व गरेको रोटरी क्लव सुरुङ्गाको तर्फवाट कनकाई नगरपालिकाको कोरोना राहत कोषमा यस अघि नै १ लाख एकहजार, पृथ्वी सहकारी संस्थाका तर्फवाट ३५ हजार संस्थागत सहयोग गरीसकेका छन् भने ईलाका प्रहरी कार्यालय सुरुङ्गालाई एक सय थान मास्क यस अघि नै संस्थागत सहयोग गरीसकेको र व्यक्तीगत रुपमा पनि समाजमा विभिन्न तहर वर्गका समुदायको हितको लागि योगदान पनि गर्दै आएका छन । दुईदिन अघि नागरिकलाई सुचना दिन रातदिन खट्ने संचारकर्मीहरु मध्ये कनकाई नगरमा रहेका पत्रकारहरुलाई आफ्नो तर्फबाट पेट्रोल दिएर सहयोग पनि गरेका छन ।
कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि व्यक्तिगत साथै संस्थागत रुपमा दाता पोखरेलले नगरपालिकाको मातहतमा रहेर नगद तथा जिन्सी सहयोग गर्दै आएको वताएका छन् ।