कनकाई । नेपालमा लकडान भएको ४० दिन पुरा भएको छ । यो सयम सम्म आईपुग्दा देशले आर्थिक संकट त व्यहोर्नु परेकै छ । त्यो संगै सर्वसाधारण नगरिकको नजजीवन पनि कष्टकर बन्दै गएको छ । विपन्न वर्ग र दैनिक मजदुरी गरेर खाने परिवारको समस्या रहेको कुरा चर्चामा आईरहदा अन्य क्षेत्रबाट अस्थाई रुपमा कोटिहोम परिसरमा आई बस्तै आएका साधुसन्त र स्थानिय केही विपन्न परिवारमा पनि खाद्य संकट भएको छ ।
झापाको कनकाई नगरपलिका वडा नं.४ कोटिहोम स्थित बसोबास गर्ने करिव २० परिवारमा आर्थिक अभाव संगै खाद्य संकट परेको छ, पूर्वको चर्चित कोटिहोम मन्दिरमा लकडाउनकाका कारण आउने दर्शनार्थी, पर्यटकहरुको आगमन बन्द भएपछि सानो तिनो व्यवसाय गर्नेे र मंन्दिर, भवनका पेटी अनि खोलाको डिलमा छाप्रो हालेर बसेका साँधुसन्त हरु समस्यामा परेका हुन ।
यतीवेला कोटिहोमका साधुसन्त, असाहय, वृद्धवृद्धा र अतिविपन्न वर्गका १० परिवार र १० जना जती साँधु सन्तमा खाद्ययन्न अभाव भएर समस्या आईपरेको टोल विकास समितिका सचिव किरण भट्टराईले बताएकाछन । उनले भने २० परिवार प्रत्यक्ष समस्यामा छन । वडा कार्यालयबाट लकडउनको हप्ता दिनपछी र पुन अर्को पटक गरि दुईचरणमा राहत बितरण गरिएको छ । तर त्यो राहत सकिएको अवस्थामा छन फेरी राहतको पखाईमा रहेका छन