Aamsanchar

 प्रदेश १ लाई सडक मानव मुक्त प्रदेश बनाउने  सरकारको लक्ष्य

Author Image
सोमवार, वैशाख २२, २०७७

मेचीनगर ।   प्रदेश १ लाई सडक मानव मुक्त प्रदेश बनाउने प्रदेश सरकारको उद्घेश्य अनुसार सोमबार झापाको दुईवटा नगरपालिकाबाट आठजना सडकमा बस्ने महिलाहरुलाई स्थानीय पालिका र प्रशासनको सहयोगमा विराटनगरको एक आश्रममा पठाइएको छ ।

मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले मेचीनगर नगरपालिकाका ५ तथा विर्तामोड नगपालिकाका ३ गरी कुल आठजनालाई १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा विराटनगरको मानव सेवा आश्रममा पठाईएको सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरलाई उद्घृत गदैं  जानकारी दिनुभयो ।

उहाँका अनुसार लकडाउनका कारण अहिले मानशिक सन्तुलन गुमाएका वा अन्य कारणले विचल्ली भएर सडकमा बस्न बाँध्य अधिकाँश मानिसहरुमध्ये महिला बढी जोखिममा परेकाले महिलाहरुलाई पहिलो प्राथमिकतामा राखेर आश्रममा लगिएको हो ।

आश्रममा ल्याइएकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट थ्रोड स्वाब संकलन गरी स्वास्थ्य परीक्षण गर्ने त्यसपछि नतिजा नेगेटिभ आए आश्रममा लैजाने पोजेटिभ आए कोरोना अस्पतालमा लगेर उपचार गर्ने राज्यमन्त्री गजमेरले जानकारी दिनुभयो । । अहिले विश्वभर नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण भइरहेका बखत उनीहरुलाई सोझै आश्रममा राख्दा समसया हुने भएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपरेको राज्यमन्त्री गजमेरको भनाई छ ।

राज्यमन्त्री गजमेरका अनुसार मानव सेवा आश्रममा ती व्यक्तिहरुलाई राख्ने र आश्रमलाई सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गर्ने बताउनुभयो ।

यसअघि सडकमा हिड्दै गर्दा सवैले उनीहरुलाई खानेकुरा व्यवस्थापन गरे पनि अहिले लकडाउनका कारण खानेकुराको समस्या त छदैछ त्यसमा पनि महिलाहरुमा बलात्कारलगायत महिला हिँसाको घटना बढ्ने डरले उनीहरुको व्यवस्थापन गरिएको बताइएको छ । लकडाउन खुलेपछि सडकमा बस्ने पुरुषहरुलाई समेत सरकारले उचित व्यवस्थापन गर्ने राज्यमन्त्री गजमेरको भनाई छ ।

मेचीनगरको काँकरभिट्टाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीको सहयोगमा मेचीनगर नगरपालिकाको एम्बुलेन्समा राखेर विराटनगर पठाइएको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर