Aamsanchar

भगवान नरसिंह जयन्ती

Author Image
बुधवार, वैशाख २४, २०७७

भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ । हामीले होलीमा होलीका दहनको खुशीयाली मनाँउदा जो होलीकाको कुरा गर्दछौं उनै होलीकाको दाईको छोरा नै भक्त प्रह्लाद हुन् ।

नरसिंह अवतार बारे पाैराणिक मान्यताः
राजा कश्यपका हिरण्याक्ष र हिरण्यकशिपु नाम गरेका दुई छोराहरू थिए । राजा कश्यपको मृत्यु पश्चात् ठूलो छोरा हिरण्याक्ष हिरण्याक्ष राजा बन्यो, तर उनी अत्यन्त क्रूर राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि वाराह भगवानले उनको सर्वनाश गरी मारीदिनुभयो । जसको बदला लिन हिरण्याक्षका भाइ हिरण्यकशिपुले आराध्यदेव भगवान महादेवलाई प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर आज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन आग्रहलाई भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः

न म भित्र मरूँ, न बाहिर ।
न भूमीमा, न आकाशमा, न जलमा मरूँ ।।

न अस्त्रले मरूँ, न शस्त्रले ।
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।

हिरण्यकशिपुको यो आग्रहलाई भगवान महादेवले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ आफूलाई अजर अमर ठान्न थाल्यो र उसले आफूलाई नै भगवान घोषणा गरीदियो ।

त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो । केहि समयपश्चात् हिरण्यकशिपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले आफूलाई भगवान ठानेको भ्रमलाई अस्विकार गर्नथाले । भगवान र भगवानप्रतिको उनको विश्वासमा कुम्हालेको आभामा आगलागी पश्चात् पनि बाँचेको बिरालो ठूलो बन्न गयो, त्यस घटनाले प्रह्लादको मनमा भगवानप्रति थप निष्ठा बढाउन ठूलो भूमीका खेल्यो ।

राजा हिरण्यकशिपुले आफ्नो छोरालाई आफू नै भगवान हूँ, यो जगमा अरू कुनै भगवान छैन भन्ने कुरा सम्झाउन अनेक प्रयास गरे तर प्रह्लाद आफ्ना पिताको यो कुरा स्विकार्न कदापी तयार भएनन । कुनै उपाय नलागेपछि राक्षसी स्वभावका राजा हिरण्यकशिपुले छोरा प्रह्लादको भगवानप्रतिको आस्था अनि भक्तिबाट क्रोधित भएर प्रह्लादलाई अनेक दुःख, यातना दिएर उनको ध्यान, भक्तिमा अनेक बाधा उत्पन्न गर्दै मार्नका लागि प्रयास गर्ने गर्दथे ।

एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलाई दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु आधा शरीर पुरूष तथा आधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलाई दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलाई बोकेर आफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो । यिनै विचित्र भगवानलाई हामी वैदिक सनातन धर्मका अनूयायीहरू शुभ मङ्गलका लागि यो दिन व्रत गर्ने परम्परा रहिआएको छ । भगवान विष्णुले आजैको दिन नरसिंहको अवतार लिनुभएको हुँदा आजको दिनलाई नरसिंह जयन्तीको रूपमा मनाइँदै आइएको छ ।

नरसिंहको पूजा, आराधना, यश, सुख, समृद्धि, पराक्रम, कीर्ति, सफलता र निर्बाध उन्नति दिने विश्वास गरिन्छ । नरसिंह मन्त्रले तंत्र मंत्र बाधा, भूत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुटकाराका साथै जीवनमा शान्ति मिल्ने विश्वास गरिन्छ । आफ्ना भक्तहरुलाई विपत परेको बखत आएर रक्षा गर्ने यिनै नरसिंहलाई नरहरि, उग्र विर महा विष्णु अनि हिरण्यकश्यपू अरि नामले पनि पुकारा गरिन्छ ।

भगवान नरसिंह को बीज मंत्र – श्रौं’/ क्ष्रौं (नरसिंह बीज)
यस बीज मन्त्रमा क्ष्. नरसिंह, र् . ब्रह्म, औ . दिव्यतेजस्वी, एवं बिंदु . दुखहरण हो। यस बीज मंत्र को अर्थ हो ‘दिव्यतेजस्वी ब्रह्मस्वरूप श्री नृसिंह मेरो दुःख दूर गर्नुहोस्।’

बैशाख चर्तुदशीमा नरसिंह जयन्ती मनाउने चलन भएपनि अहिले आएर अप्रील महिनाको २८ तारिखमा नरसिंह जयन्ती तोकिएको छ । शक्ति अनि पराक्रमका देव नरसिंहले धर्म रक्षार्थ अनि सत्यको संरक्षणका पाठ दिएका हुन्छन्, सही कार्यका लागि आँट अनि पराक्रम यी देवता बाहेक अन्य कहिँपनि पर्याप्त पाउन सकिन्न । आजका दिन विशेष व्रत अनि आराधना स्त्री, पुरूष जो कोहीले गर्न सक्छन् । वैष्णव समूदायका लागि त आज झनै विशेष उत्सव हो । भगवान नरसिंह अनि छेउमा माता लक्ष्मीको प्रतिमा स्थापीत गरी वेदमन्त्रले प्राणप्रतिष्ठा गर्ने चलन छ ।

फूल, फल, केसर, नरिवल, अक्षता, पिताम्बर लगायतका कुराहरु नरसिंहका प्रिय बस्तु मानिन्छ। सत्यकर्ममा लाग्ने उर्जा, लक्ष्यप्राप्तीको साहस अनि कर्तव्य प्रतिको निष्ठा सबैलाई प्राप्त होस् । ॐ नृम नृम नृम नर सिंहाय नमः ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर