चारपाने । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड–१९ महामारीको असर नेपालमा पनि परिहेको अवस्थामा दैनिक रोजगारी गुमाउन पुगेका अतिविपन्न वर्गलाई खाद्ययन्न सहयोग उपलब्ध गराउने उदेश्यका साथ झापा बिर्तामोड–२ स्थित सहारा नेपाल साकोसको संयोजनमा सुरु गरिएको ‘एकका लागि एक’ अभियानमा देश विदेशबाट रकम सहयोग जुटने क्रम जारी रहेको अवस्थामा रोटरी क्लव अफ बिर्तामोडले पनि ४० हजार रुपैया उपलब्ध गराएको छ ।
बुधबार अभियानका संयोजक महेन्द्रकुमार गिरी मार्फत रोटरी क्लव अफ बिर्तामोडका पूर्व अध्यक्षहरु सुरेश वंशल, निर्मल भट्टराई, विनोद बस्नेत, क्लवका सञ्जिव घिमिरे लगायतले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
झापा लगायतका विभिन्न स्थानमा लक्षित वर्गको पहिचान गरि राहत वितरण थमाधम भई रहेको र यसै क्रममा रोटरी क्लवले उपलब्ध गराएको यो रकमले २० परिवार भन्दा बढीको चुलो बाल्न सहयोग पुगेको संयोजक गिरीले बताएका छन । उनले रोटरी क्लवका सिंगो टिमलाई धन्यवाद पनि दिएका छन ।
आभियानका लागि विभिन्न संघ संस्था र व्यक्तीबाट २७ लाख २१ हजार ६ सय एक रुपैया जम्मा भईसकेको र १५ लाख ४० हजार ८ सय ८१ रुपैयाको राहत खरिद गरेर वितरण कार्यलाई तिब्रता दिईएको अभियान सचिवालयका गोपाल भट्टराईले जानकरी दिएका छन ।