Aamsanchar

एकका लागि एक अभियानमा वीरता जेसीजले गर्यो ५० हजार सहयोग

Author Image
बिहिवार, वैशाख २५, २०७७

चारपाने । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड–१९ महामारीको असर नेपालमा पनि परिहेको अवस्थामा दैनिक रोजगारी गुमाउन पुगेका अतिविपन्न वर्गलाई खाद्ययन्न सहयोग उपलब्ध गराउने उदेश्यका साथ झापा बिर्तामोड–२ स्थित सहारा नेपाल साकोसको संयोजनमा सुरु गरिएको ‘एकका लागि एक’ अभियानमा देश विदेशबाट रकम सहयोग जुटने क्रम जारी रहेको अवस्थामा वीरता जेसीज बिर्तामोडले ५० हजार रुपैया उपलब्ध गराएको छ ।

बिहिबार अभियानका संयोजक महेन्द्रकुमार गिरी मार्फत वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल उक्त रकमको चेक हस्तान्तरण गरेका छन । जेसीज पदाधिकारीहर  महासचिव विकास बस्नेत, कोषाध्यक्ष प्रकास सुवेदी सकोषाध्यक्ष  सञ्जिव घिमिरे, संयोजक दिवाकरलाल चौधरीको उपस्थित रहेको थियो ।

झापा लगायतका विभिन्न स्थानमा लक्षित वर्गको पहिचान गरि राहत वितरण थमाधम भई रहेको र यसै क्रममा रोटरी क्लवले उपलब्ध गराएको यो रकमले २५ परिवार भन्दा बढीको चुलो बाल्न सहयोग पुगेको संयोजक गिरीले बताएका छन । उनले वीरता जेसीजका सिंगो टिमलाई धन्यवाद पनि दिएका छन ।

आभियानका लागि विभिन्न संघ संस्था र व्यक्तीबाट ३० लाख भन्दा धेरै रकम जम्मा भईसकेको अभियान सचिवालयका गोपाल भट्टराईले जानकरी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर