Aamsanchar

बिर्तामोड-४ का ५० परिवारलाई ‘एकका लागि एक’ अभियान द्वारा राहत वितरण

Author Image
बिहिवार, वैशाख २५, २०७७

बिर्तामोड । देशमै नमुना कार्यक्रमको रुपमा सुरुभएको  ‘एकका लागि एक’ अभियानअन्तर्गत बिहीबार बिर्तामोड ४ मा विपन्न परिवारलाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।

सहारा नेपालको अगुवाईमा २० भन्दा बढी सामाजिक संस्थाको पहलमा सुरु भएको अभियानले आज एक कार्यक्रमका बीच वडाका ५० परिवारलाई खाद्य सामाग्री वितरण गरेको सहारा नेपालका वरिष्ठ सहायक प्रबन्धक घनश्याम रायले जानकारी दिए ।

अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको ‘एकका लागि एक’ को प्याकेज हस्तान्तरण कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानका बारेमा प्रकाश पारेका थिए ।

अभियनले शारीरिक अपांगता भएका, दैनिक ज्यालादारी गर्ने ५० परिवारलाई राहत प्रदान गरेको थियो । राहतमा २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, १ लिटर तेल, हातधुने र नुहाउने साबुन रहेको छ । राहत प्रदानअघि वडा अध्यक्ष कुलप्रसाद संग्रौलाले यस्तो असहज परिस्थितिमा वडा नम्बर ४ मा आएर सेवाको भावना बढाइदिएको हुँदा अभियानकर्मीहरुलाई धन्यवाद दिए ।

अभियान अन्तर्गत झापामा कम्तिमा २ हजार अतिविपन्न परिवारलाई राहत दिने योजना बनाएको छ ।

अभियानका कर्मचारी र वडा कार्यालयको समन्वयमा राहत दिनैपर्ने परिवारको छनोट गरिएको हो । अभियानले बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाई, भद्रपुर, दमक र शिवसताक्षी र मोरङका केही स्थनीय तहमा खाद्यान्न वितरण गरिरहेको छ । हाल सम्म्मा अधियानमा विभिन्न संघ संस्थार व्यक्तीबाट ३० लाख भन्दा धेरै रकम जम्म भईसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर