Aamsanchar

दङ्गा प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

Author Image
बिहिवार, वैशाख २५, २०७७

पथरी ।  प्रदेश १ स्थित पुर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

बिहिबार कानेपोखरी –७, आइतबारेमा दिउँसो ३ बजे पश्चिम तर्फ जादै गरेको २५ प ३८८९ नम्बरको मोटरसाईकलले साइकल यात्री बेलबारी –८, निवासी शान्ता राजवंशीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । सक्त घाइतेभएकी राजवंशीलाई पथरी अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

दङ्गा नियन्त्रण कार्यालय दुहवीमा कार्यरत शसस्त्र प्रहरी जवान खगेन्द्र कार्कीले ठक्कर दिएको थिए । सोहि मोटरसाईकलको पछाडी सवार अनिता भण्डारी पनि घाईते भएको प्रहरीले जनाएको छ । सवारी र चालकलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 457

प्रतिक्रिया (०)

सम्बन्धित खबर