Aamsanchar

‘एकका लागि एक अभियानले गर्यो पहिलो दिन पाँच सय बट्टा खाना वितरण

Author Image
आइतवार, वैशाख २८, २०७७

चारपाने । एकका लागि एक अभियानले आजबाट दोस्रो चरणको कार्यक्रम संचालन गरेको छ ।
यस अघि लकडाउनका कारण दैनिक रोजगारी गुमाउन पुगेका मजदुर, असाहय विपन्न वर्गलाई भोकै रहन नदिने मनासाय अनुसार खाद्य सामाग्री वितरण गर्दै आएको थियो । आईतबारबाट अभियानले तयारी खाद्ययन्न वितरण गर्ने काम सुरु गरेको हो ।


बिहान ९ बजे देखि दिउसो १२ बजे सम्म  बिर्तामोड स्थित वान स्टप मल अगाडी स्टल राखेर शाहकारी  विरियानी र पानी निशुल्क वितरण गरिएको थियो ।
पहिलो दिन मजदुर, बटुवा, असाहय सडक नागरिक, हस्पिटलमा रहेका विरामी कुरुवा गरि पाँच सय बट्टा खाना वितरण गरिएको अभियानमा सहकार्य गरेको संस्था वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले जानकारी दिए ।

दोस्रो चरणको कार्यक्रम अन्तर आगामी जेठ ५ गते सम्म दैनिक रुपमा खाना खुवाउने अभियान अन्तरगत खाना व्यवस्थापन समिति संयोजक सञ्जिव घिमिरेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर