सूर्य आजवाट मेष राशीवाट वृष राशीमा प्रवेश गर्दैछन्, यस दिनलाई यसैकारणले वृष सक्रान्ति, भ्रिसव सक्रंमण र ब्रुश सक्रान्ति पनि भनिन्छ । यस वर्षको पहिलो महिनावाट दोश्रो महिनामा जाने समय भइसकेको छ, अवस्था प्रतिकुल छ र गत बैशाख महिना हामी प्रायशको घरभित्रै लकडाउनमा बितेको छ यद्धपी आउने जेष्ठ महिनाले हामीलाई हलचल गर्ने र छटपटाउने अवस्था श्रृजना गरिदिओस्, हैन त ?
यस दिन नदिनाला या तालतलाउमा संक्रमण स्नान गर्ने चलन पनि छ यद्धपी पछिल्ला वर्षहरुमा र नदिनाला उपलव्ध नभएका ठाँउहरुमा घर मा नै गंगाको मन्त्रोच्चारण गरि स्नान गरिने र पवित्र पूजा अर्चना गर्ने चलन छ । नजिकको विष्णु मन्दिरमा जाने, अर्चना गर्ने र विष्णु सहस्त्रानामको पाठ गर्ने चलन छ । यस दिन पित्रृ तर्पण गर्नुको विशेष फल प्राप्त हुन्छ, सामान्य अवस्थामा चाँही यस दिन कागवेनी, गोकर्ण, विष्णुपादुका, वराहक्षेत्र, भारतको गया, काशी लगायतका ठाँउमा विशेष घुँईचो रहन्छ । यस वर्ष अधिकमास या मलमास पनि पर्न गएको छ, आज त्यस विषयमा पनि कुरा शुरु गर्नेछु । हामीले गर्व गर्नुपर्दछ कि हाम्रा पुर्खाहरुले हामीलाई हजारौं वर्षसम्मको तालमेल मिलाउन सक्ने, बैज्ञानीक ज्ञान, अन्वेषण र ज्योतिषिय लेखाजोखाहरु हस्तप्रद गरि गएका छन् । वेदहरुको एउटा पाटो, ज्योतिषा अयनं चक्षु को संरचना अन्र्तगत हाम्रा पञ्जागंहरु निर्धारण गरिन्छ, यसैको आधारमा अनन्तकालसम्म आकाशमा ग्रहहरुको चाल, ग्रहहरुको अवस्था, प्रभाव, खगोलीय आँकडा र ग्रहणहरुसम्म निर्धारण गरिन्छ । यसै ज्योतिष पक्षमा एक महिना यस्तो हुन्छ जस्लाई हामी अधिकमास भन्दछौं, यसलाई अधिकमास, पुरुषोत्तम मास, मलमास आदि धेरै नामहरुले बुझिन्छ ।
चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ। चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ। यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ। सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ। सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ।
यसैकारणले पनि यस वर्ष दशैं तिहार एक महिनापछि धकेलिएका छन्, यस वर्ष मलमास पर्न गएको तथ्य पनि आजको वृष संक्रमण आलेखमा दिन चाह्यौं ।