Aamsanchar

क्रान्तिकारी ‘माओवादी’द्वारा मोर्चा गठन

Author Image
मङ्गलवार, भदौ २८, २०७३

काठमाडौं ।

CP-gajurel

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ ।

पार्टीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरिएको हो । मोर्चाको पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार रहेका छन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष गजुरेलले निर्वाचन भएमा त्यसलाई उपयोग गर्न मोर्चा गठन गरिएको बताए । महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीलगायत जनजीविकाका र राष्ट्रियताका समस्या समाधान गर्न दबाब दिन मोर्चाले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले जानकारी दिए ।

मोर्चा अब जनताको बीचमा जाने र वडास्तरसम्म संगठन विस्तारलाई तीव्रता दिइने उनको भनाइ छ ।यसअघि, गत संविधानसभा निर्वाचन बहिस्कार गरेको सो पार्टीले मोर्चा गठन गरी अब हुने निर्वाचनमा भाग लिने तयारी गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर