चारपाने । लकडानका कारण आर्थिक रुपमा संकटमा परी खाद्ययन्न अभाव झैल्दै गरेका, सरकारबाट कुनै पनि सामाजिक भत्ता नलिएका, परिवारका सदस्य बैदेशिक रोजगारीमा नगएका अतिविपन्न परिवारलाई सहयोग गर्ने उदेश्यले झापाको बिर्तामोडबाट सुरु गरिएको ‘एकका लागि एक अभियानको लागि देश विदेशबाट रकम सहयोग जुटने काम भई रहेको वेला झापा लगायतका जिल्लाबाट बेलायतमा गई बसोबास गर्ने नेपालीहरुले पनि रकम पठाएका छन ।
झापाको बिर्तामोड–२ चारपानेमा रहेको सहारा नेपाल सकोसको नेतृत्वमा झापाका १८ वटा संघ संस्थाको संयुक्त सहभागितामा संचालन भईरहेको राहत वितरण कार्यकालागि झापा चारपानेका डिल्लीराम सिटौलाको पहलमा वेलायतमा रहदै आएका झापा चारपानेकी कोपिला सिटौला, त्यस्तै चारपानेकै दीपबहादुर गिरी, अप्सरा गिरी, सविता गिरी लगायत ६२ जनाबाट संकलित २ लाख ७१ हजार ३ सय १८ रुपैया आज अभियानलाई प्राप्त भएको छ ।
अभियानका संयोजक महेन्द्र गिरी लगायत अभियन्ता समक्ष पहलकर्ता सिटौलाले उक्त रकम हस्तान्तरण गरेका थिए ।
अभियानका लागि हाल सम्मका ४० लाख भन्दा धेरै रकम प्राप्त भएको र हाल सम्ममा एक हजार दुईसय भन्दा धेरै परिवारलाई राहत वितरण गरि सकेको त्यसैगरी दुई हजार भन्दा धेरैलाई तयारी खाना सुवाई सकेको संयोजक गिरीले बताएका छन । गिरीले अभियानका लागि रकम पठाएर सहयोग पुर्याउने बेलायतमा रहने नेपालीहरु र अन्य मुलुकमा रहनुहुने र नेपालका विभिन्न जिल्लाबाट अनि स्थानिय मनकारी महानुभावहरुले रकम पठाएर अभियानमा ऐकिवद्धता जनाउने सम्पूर्णमा आभार धन्यवाद पनि प्रकट गरेका छन ।
झापा लगायत विभिन्न जिल्लामा पुगेर स्थानिय जनप्रतिनिधकिो सहजीकरणमा अभियानका अभियन्ताहरले राहत वितरण गरिरहेको अभियानका सहसंयोजक, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए ।
बिहिबार चारपाने स्थित सहारा नेपाल साकोसको निर्माणधिन भवन परिसरमा भएको रकम हस्तान्तरण कार्यक्रमको संचालन अभियानका सदस्य एकराज गिरीले गरेका थिए ।
कार्यक्रममा अभियन्ताहरु वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा, सहारा नेपाल साकोसका उपनिर्देशक लक्षमण खतिवडा, संचालक समिति सदस्य अर्जुन चुडाल, अभियन्ताहरु दिनेश निरौला, गोपाल भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
https://www.facebook.com/220821694950346/videos/267203267661289/