भजन अर्थ हुन्छ बाड्नु र किर्तन भनेको बच्चाको रुवाइ हो ।बच्चा कसरी रुन्छ दिल खोलेर । हामी सँग भएको प्रेम श्रद्धा आस्था सेवा हामी भगवानलाई समर्पण गछौं । त्यो नै भजन हो । बच्चा जस्तो भएर हामी सँग भएर, चिन्ता पीडा, नराम्रो भावना । भगवानलाई समर्पित गरेर हामी मुक्त हुनु हो।जसले दिनहुुँ भजन किर्तन गर्छ । तिनीहरुको घरमा सुख शान्ति समृद्धि छाउँछ । नकारात्मक विचार हटेर जान्छ । हाम्रो चित्त शुद्ध हुन्छ ।
मन शान्त हुन्छ । तपाई एकछिन मात्र किर्तनमा बस्नु त तपाईको मन कति शान्त हुन्छ । मन एकाग्रता हुन्छ । मन भावनात्मक रूपमा बलियो हुन्छ । सकारात्मक उर्जा आउँछ ।भजन गर्नाले ती वरिपरिका वातावरण लाई स्वास्थ र पवित्र बनाउछ ।
वातावरणमा पनि सकारात्मक उर्जा फैलिएर जान्छ । हामी भित्र नकारात्मक विचार हटेर सकारात्मक सोचको विकास हुन्छ । हामीमा परिवर्तन आउँछ ।दिनभरि काम गर्छौ ।साझमा भजन गर्न आवस्यक छ । भगवानलाई धन्यवाद दिएर हामी भित्र रहेको रिस राग अहंकार नराम्रो विचारलाई नियन्त्रण गर्न सक्छौ ।नरकका तीन द्वार हुन्छ । काम वासना अहंकार ।शुन्य बनाउछ ।खाली बनाउछ हाम्रो मन । शान्ति खुसी आनन्दको अनुभुति गर्न सक्छौ ।हामी भन्ने गर्छौ ।म कहिल्यै पाप गर्दिन भन्नेहरुले पनि पाप गरिरहेका हुन्छन् ।
म कहिले पनि मछड मार्दिन भन्नेहरु। हिँड्दा वा करेसाबारीमा काम गर्दा त्यसबेला ससानो जीवाणु किरा मारिएका हुन्छ ।त्यो पनि एकप्रकारको पाप हो।त्यस्तो पाप हटाउन भजन गर्दा भगवत मा भनिएको छ ।हाम्रो ग्रह दशा बिग्रेको छ भने त्यस्तो दशा पनि कटेर जान्छ ।हामी परिवारमा बसेर भजन गर्छौ । छरछिमेकी पनि भजन किर्तन गर्न सकिन्छ ।दिनहुँ भजन किर्तन गर्नु भनेर भागवत गीतामा भनिएको छ ।यसको लागि दैनिक अभ्यास गर्न पर्दछ । लेखक संग्रौला झापाका हुँन हाल दुबई