Aamsanchar

सीमापारि हजारौं अलपत्र आठ सयमात्रै ल्याउने तयारी

Author Image
शनिवार, जेठ ३, २०७७

लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ ।

संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको यो सिलसिला विपत्मा पनि जारी छ ।

प्रदेश १ को सीमापारि भारतीय नाकामा रोकिएर अलपत्र परेका हजारौं नेपाली नेपाल पस्ने अनुमतिको पखाईमा रहेको दाबी स्थानीय सरकारहरुको छ । तर प्रदेश सरकार भने ८ सय ३३ जनलाई मात्र उद्धार गरेर ल्याउने तयारीमा छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर