झापा। झापाको पूर्व दक्षिणी नेपाल–भारत सिमा संग जोडिएको कचलकवल गाउँपालिका सिल गरिएको छ ।
भारतबाट लुकिछिपी कचनकल आएका एक युवामा कोरोनाको पिसिआर परीक्षण पोजिटिभ आएको भोलिपल्टै आज नौजना संक्रमित थपिएपछि कचनकल गाउँपालिका सबै छिमेकी पालिका वाट पनि आवत जावत बन्द गराउन सिलबन्दी गर्ने निर्णय गरिएको छ ।
प्रदेश १ का प्रदेशसभा सदस्य बसन्त बानियाँले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी उदय राना, जिल्ला प्रहरी प्रमुख कृष्ण कोईरालासहितको उपस्थितिमा आज सो क्षेत्र सिलबन्दी गर्ने निर्णय गरिएको हो ।
मंगलबार मात्र संक्रमितको संख्या थप ६५ जना भएसंगै नेपालमा कूल संक्रमितको संख्या ४०२ पुगेको छ ।त्यसमा झापाको कचनकवल गाउँपालिकामा भेटिएका नौ जना मा कारोना देखा परेकोले संक्रमितलाई तत्काल उपचारको लागि विराटनगर लगिएको सांसद बाँनियाले जानकारी दिएका छन ।
सो क्षेत्रमा थप क्वारेन्टाइन निर्माणका लागि महेन्द्ररत्न मावि केचना, जानकी आधारभूत विद्यालय पाठामारी र लक्ष्मी मावि बनियानीलाई तयार गरिएको छ । हाल सञ्चालनमा रहेको पथरिया मावि क्वारेन्टाइनको क्षमता बढाउने पनि निर्णय गरिएको छ ।