Aamsanchar

अतिआवस्यक सामान किन्ने समय भोली दिनभर, रातीबाट बिर्तामोड चारकिल्ला सिल

Author Image
बुधवार, जेठ ७, २०७७

बिर्तामोड । झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले भोलि बिहीबारदेखि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राति १२ बजेदेखि बिर्तामोड क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिए । उनका अनुसार औषधि र कृषिजन्य वस्तुको व्यवसाय भने खुला गर्न दिइनेछ । बाँकी सबै किसिमका व्यापार तथा व्यवसाय बन्द गर्ने निर्णय भएको छ ।

बिर्तामोड प्रवेश गर्ने चारैतिरका नाका चारपाने, बुट्टाबारी, महानन्द चोक र दक्षिणमा देउनिया पुल प्रवेशमा कडाई गर्ने समेत बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर