Aamsanchar

राहत वितरण गर्ने विषयमा विवाद हुँदा कुटाकुट

Author Image
शनिवार, जेठ १०, २०७७

सिराहा । कोरोनाका कारण खद्य संकटमा परेकालाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा हिजो सिरहाको नरहा गाउँपालिका–१ देवीपुरमा वडा कार्यालयमै कुटाकुट भएको छ।

कुटाकुटमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका डेढ दर्जन भन्दाबढी घाइते भएका छन्। जिल्ला अस्पताल सिरहामा उनीहरुको उपचार भइरहेको छ । नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी घाइते भएका छन् ।

त्यस्तै कांग्रेसका रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतार मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डललगायत घाइते भएका छन्। उनीहरुलाई ढुंगा र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक र टाउको फुटेको छ।

घाइतेमध्ये उर्मिला कामति, रामचन्द्र र रामजीवन रायलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ। कुटाकुट विषयको घटनाबारे अनुसन्धान भइरहेको सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

छुटेकाहरुलाई राहत वितरण गर्नुपर्ने माग राख्दा वडाध्यक्ष अशोक साहले छलफलका लागि वडा कार्यालयमा बोलाएर कुटपिट गराएको स्थानीय कांग्रेस नेता कौशल मण्डलको आरोप छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 525

प्रतिक्रिया (०)

सम्बन्धित खबर