Aamsanchar

रुपन्देही बाट एकै रातमा ११ सय ८५ जना नेपाली स्वदेश भित्रिए

Author Image
शनिवार, जेठ १०, २०७७

बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै करिव १२  सय जना नेपाली आफ्नो देश प्रवेश गरेका छन ।

बिहीबार राति स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए । भारतको नौतनवाका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेर नाकामा आइपुगेका विभिन्न जिल्लाका नेपालीलाई बेलहिया नाकाबाट नेपाल भित्र्याइएको हो ।

शुक्रबार साँझ र राति गरी ११ सय ८५ जना नेपालीलाई रुपन्देही भित्रयाईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताएका छन । चार सय ३० जना रुपन्देहीकै पालिकाका क्वारेन्टाइनमा बसेका छन्, बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहमा पठाईएको प्रजिअ पन्थले जानकारी दिए ।

भारतले रेल सेवा शुरु गरेपछि हरेक दिन सात–आठ सयको संख्यामा नेपालीहरु बेलहिया नाका आउन थालेको प्रजिअ पन्थले बताए । अहिले रुपन्देहीका १६ स्थानीय तहका क्वारेन्टाइनमा देशका ५२ जिल्लाका करिब चारहजार जना क्वारेन्टाइनमा बसेका छन् । तीमध्ये अधिकांश भने रुपन्देहीकै छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर