Aamsanchar

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

Author Image
शनिवार, जेठ १०, २०७७

काठमाडौँ ।  जस्तोसुकै परिस्थितीमा अग्रभागमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ ।

न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल एकसय थान प्रेस ज्याकेट हस्तान्तरण गरेका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रम वीच उक्त ज्याकेट हस्तान्तरण गरिएको हो ।

कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको, सङ्कटमा काम गर्नेको अवस्थालाई आफूले नजिकबाट देखेकाले सहयोग गरेको हुसेनले बताए ।

विगत २५ वर्षदेखि काठमाडौँमा रहेर सर्टिङ सुटिङको व्यवसाय गर्दै आएका हुसेनले उपलब्ध गराएको ज्याकेट एनएफपिजेका अध्यक्ष राजेन्द्र चित्रकारले ग्रहण गरेका थिए ।

ज्याकेट लिँदै अध्यक्ष चित्रकारले काठमाडौँ उपत्यकामा नियमित समाचार सङ्कलन एवं फोटो पत्रकारिता गर्ने पत्रकारलाई वितरण गरिने बताउनुभयो । अहिलेको अवस्थामा आफेले ज्याकेट बनाउनु पर्दा पनि बनाउने ठाँउ नपाउने अवस्थामा फोटो पत्रकारलाई सम्झेर ज्याकेट बनार उपलब्ध गराई सहयोग गरेकामा अध्यक्ष चित्रकारले व्यवसायी हुसेनको प्रशंसा गरेका छन ।

त्यसैगरी फोटो पत्रकारहरुको अर्को छातासंगठन नेपाल फोटोपत्रकार महासंघका लागि पनि दाताहरुले ज्याकेट सौजन्य गर्ने काम गरिरहेका छन । केहिदिन अघि जिपी फाउण्डेसकी संरक्षक सुजाता कोइरालाबाट २०० थान, ईन्भेष्ष्टमेण्ट बैंकबाट २५० थान, आरपी फाउण्डेशनबाट १०० थान र आईसीएफसी फाईनॉस जेनरल सर्भिसेस डिपार्टमेन्टको तर्फबाट पनि ज्याकेट उपलब्ध भएको महासचिव हरि रेग्मीले जानकारी दिएका छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर