Aamsanchar

लकडाउनमा सामूहिक बलात्कार, एक जना पक्राउ, चार फरार

Author Image
सोमवार, जेठ १२, २०७७

भक्तपुर । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  अन्य चार जना भने फरार भएका छन् ।

जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा बस्ने वर्ष २२ का रोहित गिरीले २० वर्षकी महिलालाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

गिरीले युवतीलाई कोठामा ल्याएर पहिला आफूले जबरजस्ती करणी गरेको र कोठाबाट भाग्न उम्किन नदिई साथीहरुलाई बोलाएको पीडित युवतीले प्रहरी समक्ष बताएकी छिन् ।

गिरीले अन्य ४ जना साथीलाई समेत आफ्नो कोठामा बोलाई सबैले पालैपालो रातभरी करणी गरी भागेको उजुरी आएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताएका छन् ।

प्रहरीले ९ गते पीडित महिलाले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गरेपछि हुलिया र बिवरणका आधारमा निजहरु भाग्न उम्किन सक्ने सम्पूर्ण स्थानहरुमा खोजतास गरेको थियो ।

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका स्थायी घर भई मध्यपुरथिमि नगरपालिका वडा नं. ६ पुरानोथिमि बस्ने बर्ष २९ को कवाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामा पुरानोथिमीमा लुकीछिपी बसेको अवस्थामा ९ गते पक्राउ गरी ११ गते भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए ।
फरार रहेका रोहित गिरी लगायतको खोजी कार्य भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 495

प्रतिक्रिया (०)

सम्बन्धित खबर