Aamsanchar

चट्याङको झड्का लाग्दा एकको मृत्यु

Author Image
बुधवार, जेठ १४, २०७७

सिन्धुली । यतीवेला प्रि मनसुन भईरहेको छ । अबहुने मुख्य बर्षाका कारण कतिपए योजनाहरु रोकिने सम्भाना धेरै रहन्छ त्यस्तै एक योजना अनुसार घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा खसेर सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रोतला ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा घरको छतबाट खसेर गम्भीर घाइते भएका वासुलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर