Aamsanchar

अबको ३ दिन भित्र बजार पूर्ण खुल्ला नगरे, झापाका बाणिज्य संघहरुले खुल्ला गराउने

Author Image
मङ्गलवार, जेठ २०, २०७७

चारपाने । झापाका बाणिज्य संघहरुले सरकारले गराउदै आएको बन्द नमान्ने भएका छन ।

सोमबार मेचीनगर उद्योग बाणिज्य संघको आयोजनामा आयोजित जिल्लाका एक दर्जन भन्दा धेरै उद्योग बाणिज्य संघका अध्यक्ष प्रतिनिधी र केन्द्रिय सदस्यहरुको उपस्थितीमा भएको छलफलले अब बन्द स्वीकार नगर्ने निर्णय दिएका हुन ।

छलफलबाट ६ बुद्धे निर्णय पारित गरिएको छ । पारित गरिएको निर्णयमा कोरोना भाईरसको कारणबाट ७५ दिन सम्म बन्दाबन्दी लकडाउनको अबस्थाबाट गुज्रिंदै आएका उद्योगी व्यवसायीहरुको व्यवसायमा ठुलो क्षती पुगेको र सरकारबाट पनि कुनै किसिमको राहत सहुलियत घोषणा नभएकोले व्यवसायीहरुबाट चौतर्फी रुपमा व्यवसाय खुल्ला गर्न पाउनु पर्छ भन्ने माग र आक्रोस संघमा व्यक्त हुन थालेपछी, बाध्य भएर बजार खुल्ला गर्ने निर्णय लिनु परेको नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य उमेश डलमियाले बताए । भोको पेटले कोरोना संग लडन सक्दैन, विभिन्न पालिकालेले आफूखुशी देखासेखी सील र नाकाबन्धी गरिदिनाले जनप्रतिनिधिहरु पनि व्यसायीको दुस्मन झै बनी रहेका छन । तर स्थानिय निकाय व्यसायीहरुसंगै सहयोग माग्छ ।  व्यवसाय लाई आवसेकता अनुसार खुल्ला गराउनेमा ध्याननै नदिईएको दिईएको छैन ।  बैंकले ३३ प्रतिशतमात्र कर्मचारी राखेर सेवाग्राहीलाई लाईन राखेर भिड बनाउने काम भईरहदा कोरोना नफैलिने, व्यवसाय खोल्दा चै कोरोना सर्ने ? यो कस्तो नीति हो भन्दै डालमियाले सरकार समक्ष प्रश्न गरेका छन ।

सरकारले विभेदकारी काम गरेको छ, जिल्ला, प्रदेश र केन्द्रका नेता र मन्त्रीहरुले पनि हाम्रा कुरालाई चासो दिदैनन्, हाम्रै नेतृत्व व्यवसायीको समस्या भन्दा अफ्नो फाईदाका लागि मात्र चापलुसी गर्ने भएकोलेपनि व्यवसायीहरुले दुःख पाउनु परेको अर्का महासंघका केन्द्रिय सदस्य केशवराज पाण्डेले बताएका छन । पाण्डेले भने यतिवेला घरभित्र बसौं भोकमारी, बाहिर निस्कउ महामारीको त्रास फैलाइएको छ, बिर्तामोडका व्यवसायी त बिद्रोहमा निस्कन तयार भईसकेका छन, यतीका दिन सम्म जनता अनुसासनमा बसे र तर सरकारले व्यवस्थापन गर्न सकेन, अब भारत र अन्य मुलुकले अपनाएको तरीकालाई अनुशरण गर्दै बजार खुल्ला गराउनु पर्छ तत्काल यसो नगरे व्यवसायी र नगरिक सडकमा संर्घष गर्न उत्रिन्छन, त्यतीखेर बाणिज्य संघ र प्रशासनले थाम्न सक्ने कल्पना पनि गर्न सकिदैन ।

राज्यले केही व्यवसाय खुल्ला गराउने केही बन्द गराउने गरेकोले व्यवसायीमा आर्थिक समस्या र मानसिक पिंडा सृजना भएकोले लगातारको बन्दलाई सहज बनाईदिन प्रशासनसंग आग्रह गर्ने निर्णय गरिएको छ । पहिला व्यवसायीले पटक पटक गरेको आग्रहलाई सरकारले वेवास्ता गर्दै आएको छ, अव पनि वेवास्था गरिए जिल्लाका सबै उद्योग व्यवसाय खुल्ला गराउन संघहरु बाध्य हुने छलपलको निस्कर्स रहेको छ ।

छलफलमा बोल्दै बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्थानिय सरकारले व्यवसायीहरुलाई पत्तयाएनन् तिन तहको सरकारले फरक फरक नियम बनाउदा व्यवसायीले सास्ती भोग्नु परेको छ, हाम्रा व्यवसायीका नेताहरु प्राय बैंकर्स भएकाले अहिलेको समस्यालाई उठान नगरेको आरोप लगाएका छन । आफ्नो धारणा राख्ने क्रममै अनुगमनको नाममा पैषा असुली, प्रहरीको मात्र अनुगमन कतिको भर पर्दो हुन्छ ? नियम नीति बनाएर बजार खोल्नुको विकल्प नरहेको बताए ।

छलफलले बन्दाबन्दीको कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येकदिन बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म खोल्ने व्यवस्था मिलाई दिन प्रशासन संग अनुरोध गरेको छ । त्यसैगरी जेठ २३ गते सम्म केन्द्र सरकार र जिल्ला प्रशासन कार्यालयले आवसेक निर्णय नगरे २४ गते देखि स्वत सबै व्यवसाय खुल्ला गर्ने संयुक्त छलफलबाट निर्णय पारित गरेका छन ।

त्यसैगरि अति सम्वेदनशिल क्षेत्रहरु चलचित्र घर, पार्टी प्यालेस, जिमखाना, होटल, रेष्टुरेण्ट हाललाई बन्द नै राख्ने तर रेष्टुरेण्ट खाजाघरको हकमा अधिकतम सुरक्षा सावधानी अपनाएर होमडेरीभरी तथा अडर अनुसारको सेवा संचालन गरिने बताइएको छ ।
औषधि, डेरी कृषि सामग्री मल वीउविजन, भेटनरी पसल र बैंक वित्तिय संस्थाहरु नियमित संचालन गर्न पाउनु पर्ने माग राखिएको छ ।
नेपाल सरकारले लगातार लागुगर्दै आएको बन्दाबन्दी आगामी जेठ ३२ गते सम्म थप गरिएको कारण समस्या झन जटिल भएको छ, त्यसमा पनि आन्तरिक राज्वस्व कार्यालय, कर कार्यालय पनि बन्द भएकाले कर विबरण तथा कर बुझाउने सुचना अनुसार करदाताहरुले आवधिक रुपमा फागुन तथा चैत्र महिनाको कर आय विवरण तथा उक्त विवरण अनुसार भुक्तानी गर्नुपर्ने आयकर मुल्यअभिवृद्धी कर तथा अन्तशुल्क लगायत सबै प्रकारका कर तथा शुल्क यही जेठ २५ गते भित्र दाखिला गर्नुपर्ने अन्याथा थप दस्तुर जरिवाना तथा ब्याज समेत लाग्ने भन्ने विषयमा गम्भिर ध्यान आर्कषण भएको र अव्यवहारिक निर्णयलाई तत्काल खारेज गर्न जोडदार माग पनि गरेको छ ।
झापा जिल्ला स्थित उद्योग बाणिज्य संघ हरुको भेलाले मिति २०७७ बैशाख २६ बाट पारितगरी पेश गरिएको १० बुद्धे संयुक्त ज्ञापन पत्रमा गरिएका माग हरुको पुन स्मरण गराउदै तत्काल कार्यनयनको लागि अनुरोध पनि गरेको छ ।

नेपालको पूर्वीनाका मेची भन्सार कार्यलयबाट हुदै आएको निर्यात व्यवसायलाई समेत सुचारु गराउन माग गरेको छ ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिनाको अध्यक्षतामा आयोजित छलफलमा झापाका १४ वटा उद्योग बाणिज्य संघ मध्ये ९ वटा संघका पदाधिकारीहरको उपस्तिथी रहेको थियो, छलफलमा बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र चापागाइँ, बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश सिवाकोटी, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, झापा उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष सन्तोष धमला, मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, कमलनगर उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी, शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोला मैनाली, दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईलगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजकिरण मेची उद्योग बाणिज्य संघका महासचिव ध्रुब खनालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर