

काठमाडौं : जनता समाजवादी पार्टीले वरियता विवाद मिलाएको छ । निर्वाचन आयोगमाा दल दर्ताका लागि समय सकिन लाग्दा पाटी भित्र आन्तरिक समजदादारीलाई संस्थागत बनाइएको हो ।

राष्ट्रिय जनता पार्टी र समाजवादीले एकता घोषणा गरेको डेढ महिनासम्म पनि वरियता नमिल्दा दल दर्ता हुन सकेको छैन । वैशाख १० गते एकीकरणको घोषणा गरेको पार्टीले वरियता विवाद आइतबार मिलाएको हो ।

‘तीन जनालाई अध्यक्ष बनाएका छौँ’, नेता महेन्द्रराय यादवले भने, ‘अहिले निर्णयको ड्राफ हुँदैछ ।’ यादवका अनुसार महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको हो । पार्टी संसदीय दलको नेताको जिम्मेवारी भने राजेन्द्र महतोलाई दिने सहमति भएको छ ।

समाजवादी पार्टीले आजै दल दर्ताको तयारी गरेको छ । ‘वरियता विवाद टुंगो लगाएर दल दर्ताको तयारीमा छौँ’, अर्का नेता लक्ष्मणलाल कर्णले भने, ‘अहिले अन्तिम निर्णयलाई आधिकारिकता दिने काम भइराखेको छ । हामी निर्णय केही समयमै सार्वजनिक गर्छौँ ।’
आयोगमा दल दर्ताको समय सकिन लाग्दा दुई दिन लामो छलफलपछि समाजवादीले वरियता विवाद मिलेको हो । बैठकले ५३ सदस्यीय कार्यकारी समिति अध्यक्षको जिम्मेवारी तीन नेतालाई दिएको हो । अध्यक्षलाई समान अधिकारसहित राख्नेसहमतिसमेत भएको छ । नेता अशोक राईलाई वरिष्ठ नेता बनाइएको छ ।
कार्यकारी समितिमा राजपाको तर्फबाट २७ र समाजवादीको तर्फबाट २६ जना रहने सहमति भएको छ ।

