बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रणको लागि सरकारले लकडाउन गरेको ७६ दिन भई सकेको छ । यस अबधीमा देशकै सबै क्षेत्रको व्यापार व्यवसाय ठप्प बनेको छ । सरकारले ४२ क्षेत्रका उद्योग व्यवसाय खोल्ने अनुमति दुई हप्ता अघी दिएको छ । तर ति व्यवसाय पनि पुरानो अवस्थामा संचालन हुन सकेको छैन । त्यसमाथी लत्ता कपाडा, जुत्ता चप्पल, शैलुन मिठाई, फोटोस्टुडियो लगाए कयौ व्यवसाय धरासायी नै भएका छन ।
यो संक्रमणको वेला पहिला बा“च्नु नै महत्वपूर्ण कुरा हो भनेर यतिका दिन सम्म व्यपारीले चित्त बुझाउदै पनि आए, तर विस्तारै सरकारले लकडाउन खुल्ला गर्दै गएको अवस्था छ तर भाईरस त्रासका कारण उपभोक्ताहरु आउन सक्ने अवस्था छैन । अझ झापाको हकमा त झन जोखिम छ, सयको संख्याबाट उकालो लाग्दै छ ।
उता बैंक, साहुको ऋणका कारण मानसिक तनावमा पर्न थालेका छन साना मझौला व्यसायीहरु । यस्तै अवस्थाबाट गुर्जिदै आएका झापा बिर्तामोड–चारपानेको एक मार्केटमा रहेको १७ वटा सटर किरणा देखि व्युटिपार्लर सम्मका व्यवसायीलाई मार्केटका संचालक दंम्पती नारायण राजवंशी र फुलनदेवी राजवंशीले एक महिनाको भाँडा नलिने घोषणा गरेका छन । घरधनी राजवंशीले आईतबार उक्त घोषणा गरेका हुँन ।
उनले सटरको मात्र हैन घरको फ्लाटमा बस्नेहरु संग पनि भाँडा नदिने बताएका छन । सरकारले घर धनीहरुलाई कम्तिमा एक महिनाको भाँडा नलिन गरेको आग्रह अनुसार र आफ्नो सामाजिक उत्तरदायित्व ठान्दै भाँडा मिनाह गरेको राजवंशीले बताए ।
राजवंशी झापा चारपानेका एक पुराना समाजसेवी हुन उनले धेरै क्षेत्रमा दान गरेका छन । स्कुल, क्याम्पस, धार्मिक स्थल लगायत विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएका छन । उनि र उनको परिवार अचल सम्पतीको हिसावले सम्पन्न भएपनि दैनिक आयश्रोतको मध्ययम भने घर भाँडा मात्र रहेको फुलन राजवंशीले बताईन ।
राजवंशी दम्पतीले गरेको यो घोषणा अहिलेको समयमा अत्यन्तै स्वागत योग्ज्ञ रहेको छ । अरुले पनि राजवंशी दम्पतीबाट सिक्नसके मौकामा हिरा फोर्नु वेमौकामा कौडी नछोड्नु भन्ने भनाई धार्मिक ग्रन्थ अनुसार विश्वका धनी कुवेरको सोच संग मिल्न जान्छ ।