Aamsanchar

सांसद सरिता गिरीको अभिव्यक्तीलाई लिएर युवा आन्दोलित, कारबाही गर्ने चेतावनी

Author Image
बुधवार, जेठ २८, २०७७

झापा– सांसद सरिता गिरीलाई कनर्वाही गर्न र देश निकाला गर्न माग राख्दै युवाहरु आन्दोलित बनेका छन ।  बुधबार युवाहरुले गिरीको चर्को बिरोध गरेका छन ।  समाजवादी पार्टीकी समानुपातिक सांसद हुन्। उनले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको बताएकी थिइन्। त्यसपछि उनको चौतर्फी आलोचना भइरहेको छ।

समाजवादी पार्टीले आफ्नो पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्ने चेतावनी दिएको छ। संसदीय दलको निर्देशनबिना पार्टीमा सल्लाह नगरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै समाजवादीले सांसद गिरीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

सांसद गिरीले बुधवार नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले उक्त प्रस्ताव फिर्ता लिन सांसद गिरीलाई आग्रह गरेका छन्। प्रस्ताव फिर्ता नलिए कारबाही गरिने चेतावनी दिइएको छ।

उनको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ। समाजवादी पार्टीले भने यसअघि नै संविधान संशोधन प्रस्तावको समर्थन गरिसकेको छ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर