Aamsanchar

राप्रपाद्वारा ३२७ सदस्यीय केन्द्रीय समिति गठन

Author Image
बिहिवार, जेठ २९, २०७७

प्रतिकात्मक फायल फोटो

काठमाडौं । नेपालको पुरानो पार्टी तत्कालीन दुई पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एकीकृत केन्द्रीय समिति ९३२७ सदस्यीय० गठन गरेको छ ।

विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीको सहमतिमा हाललाई ३२७ जना रहनेगरी गठन गरेको सो पार्टीले विज्ञप्ती मार्फत जनाएको छ ।

त्यस्तै ८२ जनाको केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरेको राप्रपाले बिहीबार जारी गरेको विज्ञप्तिमा छ ।

त्यसैगरी सो पार्टीले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको छ भने १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहेका छन् । यसअघि पार्टी एकता घोषणा गर्दा थापा, राणा र लोेहनी अध्यक्ष रहने सहमति भएको थियो ।

केन्द्रीय समिति (नामावली)

Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर