उसको नाम अप्सरा रे , हेर्दा सिखुटी छे । करिब टेकी होला वर्ष २० । यो उमेर त राम्रो लाउने मिठो खाने। तर कर्मले ठग्यो। सधै उही पुरानो म्याक्सी त्यो पनि कसैले दिएको जडौरी हुनुपर्छ। जिउभरि मैला छ कपाल पनि मैलो । स्याउ जस्ता गाला हुनु पर्ने उमेर तर बिचरा पधेराले चुसेको धानको फोहोटा जस्ता छन । बाबु उ सानै छदै भारत छिरेका रे । आफ्ना लाला बाला छोडेर । राम्रो नाना र पापा लियर आउछु है भुन्टी भन्दैछोरी अप्सरालाई । तर आज सम्म अत्तो पत्तो छैन रे ।
उसको दुइ दाजुहरु देशमा गणतन्त्र आयो भने चोरी, हत्या, बलात्कार, गरबी,भष्टचार हट्छ भन्दै लडाइँमा गएका रे । ६२र६३ मा लोकतन्त्र आयो तर भुन्टीका दाइहरु आएनन रे । उ तल बारीको पाटोबाट कोहि नौलो मान्छे उकालो लागेको देखे आफ्नै दाजुहरु जीते र सुखिराम तिनै हुन् कि जस्तो लाग्छ रे भुन्टीलाई । जीते र सुखिरामले लडेको पार्टीका मान्छेहरु थुप्रै पल्ट प्रधानमन्त्री, मन्त्रि भए रे । पसलतिर गफ गरेको सुन्छे भुन्टी तर त्यति भेउ पाउदिन । अब त बुढी आमा पनि लोग्ने र छोराको चिन्ताले रोगी भैसकिन बिचरा । कहीलेकाही सपनामा देख्छिन रे । लोग्नेले भुन्टेकी आमा एक लोटा पानीले न भनेको । अनि जीते र सुखिरामले आमा भोक लाग्यो मकै भुटन भनेको त्यसपछि निन्द्रा पर्दैन रे। सिरानी भिज्छ रे आँसुले । लोग्ने मुग्लान पसेपछि मिठो चोखो परै जावोस अन्नले आन्द्रो कसिलो हुन पाएको छैन। भुन्टीको पनि उही हो कथा । आफ्नो बारीको अनाजले ६ महिना धान्छ त्यो पनि एकदम मुस्किलले । अब त उमेरले पनि नेटो काट्यो त्यसमाथि रोगी मेला पात पनि कसले पो पत्त्याउने । भुन्टी शायद कुपोषणले होला लुली छे । सानो छदा पापी जिब्रोले मिठो चोखो चाख्न पाएको भए पो त ।
धेरै वर्ष पछि फेरि जिन्दाबाद को नारा गुञ्जियो पसल नजिकको चौरमा । विजय जूलूस रे । मानिसहरूले बोकेका झण्डा पनि तिनै थिए जुन भुन्टीका दाजुहरुले बोक्दथे । नयाँ नयाँ मान्छेहरु मन्चबाट हामीले जनाताको अपार माया पायौं । अब गरिब मजदुर किसानको बहुमतको सरकार गठ्न हुनेछ । हामी सुखी नेपाली सम्पन्न नेपाल निमार्ण गर्दछौं भनेर भाषण गरे । अब कोहि नेपाली भोकै बस्नुपर्नेछैन । औसधिको अभावमा मर्नु पर्ने छैन । यो सरकार गरिब, दुखी , किसान र श्रमिकको बन्नेछ ।भुन्टीकी आमाले सोची जीते र सुखीराम भएको भए कति खुशी हुन्थे होलान । घोक्रो सुक्नेगरी जिन्दावाद भन्थे होलान उनिहरुका साथीहरुसङै।
गाउँमा बिजुली त पुगिसकेको छ तर भुन्टीको घरमा बिजुली जोड्ने पैसा कहाँबाट पाउनु । बेलुकी टुकी बत्तिको धिपधिप उज्जालोमा ढिडोको डल्ला गुन्द्रुकको झोलमा डोब्दै घुर्लुक्क निल्दै भुन्टीले आमासंग सोधी आमा जनताको गणतन्त्र आयो रे अनि बहुमतको सर्कार नि बन्यो रे । अब भोकै बस्नु पर्दैन रे नि रु पेटभरी भात खान पाइन्छ होला है आमा ?
जितेकि आमा जसले जिन्दकी भर हारिन । उनै सुखिरामकी आम़ा जसले जिन्दगिभर सुख पाईनन । बाउन्न ठक्कर त्रीपन्न घुस्स खाईन । आज फेरि भुन्टीको पेटभरी भात खान पाइन्छ होला है आमा रु भन्ने शब्दले आसुको बर्षा भो । भुन्टीको बाबु ,छोराहरु जीते र सुखिरामको यादमा मुटु भक्कानियो सायद उनीहरु भईदिएको भए कति खुशी हुन्थे होलान । अनि भुन्टीले पेट भरि भात खान पाउथी कि ?
गरिब दुखीको सरकार गठन भएको पनि तीन बर्ष लाग्यो । तर ति सुकिला मुकिला मानिसहरू फेरि कहिले देखिएनन। कोरोना भन्ने रोग संसारभर फैलियो । भुन्टी र उसको आमालाई गाउलेहरू नडुल्न भनी धम्क्याउँथे ।मजदुरी काम पनि पाईन छाड्यो। सरकारले लक डाउन गर्यो। एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज लाग्यो।
लक्डाउन सुरु भएको तेस्रो हप्तातिर ५ किलो चामल, एक पोको नुन र ५ किलो चामल राहत लिएर वडा अध्यक्ष भुन्टीको घरमा पुगी बाहिरबाट बोलाए तर कोही बोलेन । केही कुहिएको सडेको जस्तो गन्ध आइरहेको थियो । पुलिस बोलाई भित्र हेर्दा आमाछोरिको लास सडिसकेको भेटियो । सायद हप्ता दस दिन अगाडी नै मरेको हुनुपर्छ । अन्नको नाममा एक गेडा पनि भेटिएन । मानिसहरू भन्दै थिए या अनिकालले मरेको हुनुपर्छ या त बलत्कार पछि हत्या हुनुपर्छ ।
लेखक थापा भानु–४,तनहुँका हुँन ।