Aamsanchar

पिसिआर रिपोर्ट नआएपछि क्वारेन्टिनमा बसेकाहरु आन्दोलित : प्रहरीद्वारा अश्रुग्यास र हवाईफायर

Author Image
शनिवार, जेठ ३१, २०७७

रौतहट । रौतहटको राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा बसिरहेका संकास्पद बिरामीको पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलन भएको छ । राजपुर नगरपालिका( १ बहुअर्वा क्वारेन्टिनमा बसेका बिरामी तथा उनका आफन्तले पिसिआर रिपोर्ट आउन ढिलोभएको भन्दै शनिबार मुख्य सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रेका थिए ।

बाटो खुलाउन गएका प्रहरीमाथि क्वारेन्टिनमा बसेका र उनीहरुका आफन्तले ढुंगामुढा प्रहार गरेका थिए । आक्रमणबाट तीनजना प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नेपाली सेना समेत खटाइएको थियो । सो क्रममा प्रहरीले २ राउण्ड हवाईफायर र १२ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रवक्ता श्रेष्ठले बताए ।

झडपमा परेर क्वारेन्टिन बस्ने र उनीका आफन्त गरी ३ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय रापजुरका प्रमुख सई दिपक गुप्ताले पिसिआर रिपोर्ट नआएको भन्दै आन्दोलनमा उत्रेकाहरुलाई सम्झाउन गएका प्रहरीमाथि उनीहरुले एकाएक आक्रमण गरेका थिए ।

हाल उक्त क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था सामान्य भएको सई गुप्ताले जानकारी दिए । पछिलो केहीदिन देखि राजपुरकै जस्तो जिल्लाको कैयौं क्वारेन्टिनमा तनाव हुने गरेको छ ।

क्वारेन्टिनमा लगातार १५ दिनसम्म बस्दा पनि पिसिआर रिपोर्ट नआएको भन्दै आन्दोलनमा उत्रिने र प्रहरी र स्वास्थकर्मीमाथि आक्रमण भइरहेको छ । रातोपाटीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर