अर्जुनधारा । झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सबै ११३ जनाको पीसीआर बिधीबाट संकलन गरिएको रिपोर्ट नेगेटिभ आएको छ ।
गत जेठ २६ गते त्यहाँ रहेका ११३ जनाको पिसिआर विधिबाट स्वाब संकलन गरेर रिपोर्टका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएको थियो । जसमा सबै ११३ जनाको रिपोर्ट नेगेटिभ आएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार रिपोर्ट आएका ४० जनालाई आइतबार नै घर पठाइएको र बाँकि रहका ७६ जनालाई सोमबार पठाइने जनाईएको छ । हाल सो क्वारेन्टाइनमा भारतबाट आएका बुद्धशान्तिका सहित इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायत स्थानका नागरिक छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 99