Aamsanchar

भ्रमकै भरमा मेचीनगरमा एक व्यक्तीको सव उठाउन अबरोध

Author Image
मङ्गलवार, असार २, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका–११ का एक बृद्धको मृत्यु कोरोना संक्रमणले भएको आशंका र भ्रमको कारण  शव व्यवस्थापनमा गाउँलेले ६ घण्टासम्म अवरोध गरेका थिए ।

मिर्गौला खराब भएर मृत्यु भएका वृद्धलाई कोरोना संक्रमण भएको आशंका गर्दै गाउँलेले सोमबार छ घण्टासमम्म दाहसंस्कार गर्न रोकेका हुन् । बृद्धको मृत्यु कोरोनाले भएको आशंकापछि गाउँलेले शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए ।घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन भएको थियो ।

नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए ।मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले शुक्रबार घर फर्काएको थियो ।उनको सोमबार बिहान ८ बजे घरमै मृत्यु भएको हो । ‘नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन’, नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भनिन्, ‘दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए ।

’पालिकाले चार जना गाउँलेलाई पीपीई, पञ्जा र मास्क दिएपछि शव उठाएर दाहसंस्कार गरिएको थियो । मृतक भारतीय सेनाबाट निवृत्त भएका हुन् ।उनी बन्दाबन्दीअघि पेन्सन थाप्न भारतको बागडुग्रास्थित हात्तीसारको पेन्सन अफिसमा गएका थिए ।बन्दाबन्दी भएसँगै भारतमै छोरीज्वाइँको घरमा बसेका उनलाई बिरामी भएपछि एक हप्ताअघि मात्र पूर्वीनाका काँकडभिट्टा हुँदै एम्बुलेन्सबाट बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो ।मनमोहनले उपचार गर्न नसक्ने बताएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर