Aamsanchar

कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि

Author Image
बुधवार, असार ३, २०७७

मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ ।

दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ भने यस प्रविधिबाट फोहोरलाई मल बनाउन विभिन्न क्षेत्रका गरी १२५ जनालाई तालिमसमेत प्रदान गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने, “अरू नगरपालिकालाई फोहोर समस्या भएको छ तर मध्यपुरलाई आम्दानीको स्रोत भएको छ ।” नगरपालिकाले जापानको टोबा सहरमा स्थलगत रूपमा अवलोकन गरी जापानी प्रविधिबाट मल उत्पादन गर्न सुरु गरेको हो ।

मल उत्पादन प्रभावकारी भएपछि नगरपालिकाले यसलाई प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने आन्तरिक तयारी गरेको छ । नगरपालिकाको आर्थिक लगानी र रिकिसी प्रालिको प्राविधिक सहयोगमा मल उत्पादन कार्य सुरु गरिएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । यही प्रविधिबाट मल उत्पादन गर्न काठमाडौँ महानगरपालिका, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, सूर्यविनायक, टोखा, चन्द्रागिरि नगरपालिकाले स्थलगत अध्ययन गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर