Aamsanchar

वैज्ञानिकले भने क्वारेन्टिनको नीति ‘बेकार’

Author Image
सोमवार, असार ८, २०७७

बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् ।

लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन गर्ने जुन नियम बेलायतले अपनाइरहेको छ, त्यो तत्काल छोड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

इबोला र एचआइभीमाथि काम गरेर संसारभरी चर्चा बटुलेका वैज्ञानिकले संक्रमितको संख्या निकै कम भएका बेला मात्रै क्वारेन्टिन नीति प्रभावकारी भएको बताएका छन् । यो नियमको जूनको अन्तिममा रिभ्यू गरिनेछ ।

उनका अनुसार मानिसहरुको सुरक्षार्थ दुई मिटरको सामाजिक दुरीको सल्लाह दिइएको छ । उनका अनुसार योभन्दा राम्रो त सार्वजनिक स्थानमा मास्क लगाएर जानु नै सबैभन्दा प्रभावकारी हुनेछ ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर