Aamsanchar

कमल गाउँपालिकाबाट लागूऔषध सहित तिन जना पक्राउ

Author Image
सोमवार, असार ८, २०७७

बिर्तामोड । प्रतिवन्धित लागूऔषध सहित तिन जना पक्राउ परेका छन ।

सोमबार कमल गाउँपालिका वडा नं.५ पाडाँजुगी स्थित गौरादह तर्फ जादै गरेको मे ११ प ६५४६ नम्बरको मोटरसाइकल त्यसैगरी अर्को बा ४४प ९७८५ नम्बरको मोटरसाइकलमा लागूऔषध लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपर्नेहरु तिनैजना झापाका रहेका छन । जसमध्ये कमल गाउँपालिका–५ का बर्ष २० का दिपेश थापा, झापा गाउँपालिका–४ का बर्ष २१ का सेराज अली, र अनन्तप्रसाद गाणेश रहेका छन ।

उनिहरुलाई लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उनिहरुको साथबाट ब्राउन सुगर प्लाष्टीक सहित अन्दाजी ३५ ग्राम (प्लाष्टिक बाहेक २८.९७ ग्राम) बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनैजनालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर