Aamsanchar

प्रमुख प्रशासकीय अधिकृत शर्मालाई दले कालोमोसो

Author Image
सोमवार, असार ८, २०७७

धनुषा। प्रदेश नम्बर २ को सत्तारुढ जनता समाजवादी पार्टीका कार्यकर्ताले धनुषाको एक पालिकाका प्रशासकीय अधिकृतलाई अपारदर्शीताको आरोप लगाउँदै कालोमोसो दलेको छ । धनुषाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तत्कालीन समाजवादी पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

समाजवादी पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा प्रमुख सचेतक समेत रहेका उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर ३ स्थित कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि विनियोजित बजेटको हिसाबकिताब पारदर्शी नरहेको आरोप लगाउँदै समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले सोमवार प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मालाई कालोमोसो दलेका छन् ।

समाजवादी पार्टीका स्थानीय यूवा नेता जर्नादन भण्डारीले कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि गाउँपालिकाले ठेक्काका लागि पहिलो पटकमा ३० दिने सूचना निकालेर बदर गरेको आरोप लगाउँदै उनले भने– दोश्रो पटकमा पनि १५ दिने सूचना निकालेर त्यसलाई पनि बदर गर्यो  र अब आएर काम नहोस भन्ने मनसायले समय नरहेको भन्दै प्रशासकीय अधिकृत सन्तोष शर्माले आनाकानी गर्न थालेको आरोप लगाईएको छ । ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 477

प्रतिक्रिया (०)

सम्बन्धित खबर