Aamsanchar

झापाली समाज अष्ट्रेलियाको सहयोग जारी

Author Image
मङ्गलवार, असार ९, २०७७

लामो लकडाउनमा परेका झापालीहरुलाई झापाली समाज अष्ट्रेलियाले सहयोग जारी राखेको छ। आज सोमवार झापा जिल्लाको दक्षिण मा अवस्थित कचन कवल गापाको वनियानीका ७० परिवार लाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको छ।

कचन कवल ६ वनियानी वार्ड कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा सहयोग सामग्री ग्रहण गर्दै वार्ड अध्यक्ष कुल वहादुर कार्कीले आफ्नो मातृभूमिलाई यो संकटको घडीमा सहयोग प्रदान गर्ने विदेशका वस्ने झापालीहरुले जिल्लावासीलाई गरेको सहयोग अतुलनिय एवं अनुकरणीय रहेको बताए। उनले अनेक दुःख गरेर कमाएको पैसा समाजका निम्ति पठाएर झापाली समाजले ठूलो गुण लगाएको भन्दै धन्यवाद दिए । समाजका अध्यक्ष उमेश पोखरेलले फोनमार्फत झापाली समाज आवश्यक सहयोग गर्न सधै तत्पर रहेको बताए । उनले निरन्तर सहयोगको यो एक अंश भएको धारणा राखे । कार्यक्रममा वार्ड अध्यक्ष कुल वहादुर कार्की वार्ड सदस्य टेनेस राजवंशी महिला सदस्य रिता परियार तथा समाज सेवी कर्णलाल राजवंशी समेतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन झापाली समाजका सल्लाहकार कर्ण राजवंशीले गरेका थिए।

बाढी होस् अथवा भुकम्प हरेक विपद्मा झापाली समाजले प्रत्यक्षरूपमै जिल्लावासीहरुलाई सहयोग गर्दै आएको र यो अभियान आउदा दिनहरुमा पनि निरन्तर जारी रहने समाजका सह(सचिव मदन धौरालीले जानकारी दिए। गएको हप्ता अघि भद्रपुर नगरपालिकालाई क्वारेन्टाइनका लागि ५० थान विद्युतीय केटली तथा सिसाका गिलास प्रदान गरेको, ‘एकका लागि एक’ अभियान अन्तरगत २ हप्ता अघि पिसिआर परीक्षणका लागि १ लाख वरावरको सामग्री प्रदान गरेको थियो । कचनकवल गाउँपालिका— ६ मा रहेका ७० विपन्न परिवारको लागि ७२ हजार रुपैयाँ वरावरको खाद्य सामग्री वितरण गर्नुको साथै मेचीनगर नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई केही दिनभित्रै आवश्यक सहयोग गर्ने योजना रहेको समाजको योजना रहेको छ।

बिर्तामोड नगरपालिका लगायत हल्दीबारी गाउँपालिकामा रहेका विपन्न परिवारलाई पनि राहत वितरण गर्ने झापाली समाजले घोषणा गरेको र यो काम केही दिन मै सम्पन्न गर्न आवश्यक गृहकार्य भईरहेको सदस्य प्रज्ञान श्रेष्ठले बताए। अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेको पिसिआर मेसिन प्रदान गर्ने अभियानलाई पनि आफ्नो तर्फबाट उल्लेखनीय सहयोग गर्ने समाजका सचिव अशोक उप्रेतीले जानकारी दिए। यो सहयोग अभियान लगायत आवश्यक परेका जुनसुकै बेला पनि साथ दिई खुला मनले निरन्तर सहयोग प्रदान गर्ने समाजका शुभचिन्तक महानुभावहरुलाई समाजले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। झापाली समाज अष्ट्रेलिया विभिन्न व्यवसाय, रोजगार एवं अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर