Aamsanchar

युएईमा नेपाली म्युजिक भिडियो अवार्ड-२०१६

Author Image
शनिवार, असोज १, २०७३

uae

[भरत शिवाकोटी]

युएई ।

शुक्रबार आबुधाबीको फोल्कनोर थिएटरमा पहिलो पटक युएईमा नेपाली म्युजिक भिडियो अवार्ड-२०१६ भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौ संगीक्षा फिल्म इन्टरटेनमेन्ट तथा नमस्ते ट्राभल्स एण्ड टुरिजम युएईको आयोजनामा भएको उक्त कार्यक्रममा दर्जनौं कलाकारहरुको उपस्थिती रहेको थियो । युएईका कार्यवाहक राजादुत नेत्रवहादुर टण्डनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुतावासका व्याक्तित्वहरु,कलाकारहरु,अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा व्याक्तिहरु गरी विशेस अतिथी, अतिथिहरु सँगै पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी कार्यवाहक राजदुत टण्डन तथा कार्यक्रमका सभाध्यक्ष द्वय एकेन्द्र थापा र मनोज केसीले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको समुदघाटन गरेका थिए । नेपाली राष्ट्रिय धुनपछी प्रमुख अतिथी टण्डनले शुभकामना मन्तव्य राख्दै कार्यक्रम गर्न युएई र त्यसमा पनि दुतावास रहेको क्षेत्र आबुधाबी नै रोज्नुहुने आयोजकलाई धन्यवाद दिदै यस्तो कार्यक्रम देश वाहिर हुनु सम्पूर्ण नेपालीको गौरव भएको धारणा राख्नुभएको थियो ।  काठमाडौ संगीक्षा फिल्म इन्टरटेनमेन्टका चेयरमेन मनोज केसीले मन्तव्य राख्दै विभिन्न व्याक्तित्व तथा संघ संस्थाले गरेको सहयोग र योगदानबाट कार्यक्रम सफल भएको र यसले नेपाली कलाकारलाई सम्मान र हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उँहाले यो कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिने पनि बताउनुभएको थियो ।

uae4

नमस्ते ट्राभल्स,नेपाल टेलिकम,एयर अरवीया,काठमाडौ रेस्टुरेन्ट,नेपाली रेस्टुरेन्ट,नागरिक न्युज, वराह ज्वेलरी लगायतको प्रायोजन रहेको कार्यक्रमको पहिलो चरणको कार्यक्रम एकेन्द्र थापाले विसर्जन गर्नुभएको थियो । यसपछी सभाध्यक्ष द्वय तथा कार्यवहाक राजदुतले गितकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल तथा लोकगित क्षेत्रमा योगदान गर्ने लोकप्रिय गायीका कोमल ओली लाई विशेस सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा नोमिनेशनबाट छानिन सफल भएका कलाकारहरु म्युजिक भिडियो विथ नेशनल फिलिङमा सुव्रत आचार्य र प्रदिप दाहाल, बेस्ट म्युजिक भिडियो नव प्रतिभा तर्फ स्वेता पूजारी, बेस्ट म्युजिक भिडियो तर्फ मिलन चाम्स, बेस्ट कोरियोग्राफि तर्फ शंकर बिसी, बेस्ट भिडियो क्यामेरा तर्फ हरी हुमागाई लाई खादा सहित अवार्ड प्रदान गरिएको थियो । त्यसैगरि बेस्ट टेक किशोर घिमिरे,बेस्ट म्युजिक संगितकार सुनिल मास्के, बेस्ट अरेन्जमेन्ट अल्मोडा उप्रेती, बेस्ट लोकदोहोरी रितु कुमार श्रेष्ठ, बेस्ट म्युजिक भिडियो इडिटर प्रकाश तुलाधार, बेस्ट भोकल मेल युवराज चौलागाई, बेस्ट भोकल फिमेल मिलन आमात्य, बेस्ट भोकल पप मेल आमिर शेख, बेस्ट भोकल पप फिमेल दुर्गा खरेल लाई पनि खादा र अवार्डले सम्मानित गरिएको थियो ।

uae2 बेस्ट म्युजिक भिडियो तर्फ दुई थोपा आँशु, बेस्ट म्युजिक भिडियो डाइरेक्टर शहेन्द्र श्रेष्ठ, बेस्ट एक्टरस बर्षा राउत, बेस्ट एक्टर पल शाह सँगै चलचित्र तर्फ पपुलर एक्टर अनमोल केसी, पपुलर एक्टरस पूजा शर्मा, पपुलर डाइरेक्टर सुदर्शन थापा ले अवार्ड हासिल गरेका थिए ।

कार्यक्रममा कलाकारहरु दुर्गा खरेल, युवराज चौलागाई, आमिन शेख, सुजन तिमल्सिना, रित कुमार श्रेष्ठ, गोपीकृष्ण पङ्गेनी, सुमन तमाङ ले गाउनुभएका गीतहरुबाट दर्शकले निक्कै मनोरन्जन लिएका थिए । लोकक्षेत्रकी चर्चित गायिका कोमल ओलीले गाएका गीत र सायरिले माहोल झनै तताएपछी प्रमुख अतिथी महामहिम राजादुत सहित आमन्त्रित धेरै अतिथि सँगै दर्शकले ननाची सुखै पाएनन । त्यस्तै नायिका बर्षा राउत र पूजा शर्मा तथा नायक पल शाह र यसराज का अलावा अन्य कलाकार सरला थापा, सरिता राज, शंकर बिसी ले गरेको आकर्सक नृत्यले खचाखच भरिएर उभिएका दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो ।

uae3 कार्यक्रममा विशेस योगदान गर्ने व्याक्तित्वलाई समेत सम्मान गरिएको थियो भने निर्देशक सुदर्शन थापाले ’’म यस्तो गीत गाउँछु’’ चलचित्रको घोषणा गर्दै उक्त चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मा ले अभिनय गर्ने जानकारी दिएका थिए । नेपाली कला र संस्कृतिलाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराउँदै प्रवासमा रहेका नेपालीहरुको भावनाको सम्मान सँगै कलाकारलाई उत्साहित र कलकारितालाई प्रवर्दन गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको जानकारी काठमाडौ संगीक्षा फिल्म इन्टरटेनमेन्टका चेयरमेन मनोज केसीले दिनुभएको छ ।

नागरिक न्युज डट कमबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रमको सभाध्यक्ष द्वय नमस्ते ट्राभल्स एण्ड टुरिजम युएईका चेयरमेन एकेन्द्र थापा र काठमाडौ संगीक्षा फिल्म इन्टरटेनमेन्टका चेयरमेन मनोज केसीले संयुक्त रुपमा गरेका थिए भने कार्यक्रम सन्चालन युवामाझ निक्कै लोकप्रिय रहेका कलाकार नरेश भट्टराईले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)