Aamsanchar

पत्रकार महासंघ झापाका सदस्य घिमिरेलाई पितृशोक

Author Image
शुक्रवार, असार १२, २०७७

गौरादह । नेपाल पत्रकार महासंघ झापाका सदस्य डण्डिराज घिमिरेलाई पितृशोक परेको छ ।
उनका बुबा तारानाथ घिमिरेको ७३ बर्षको उमेरमा आज बिहान ७.५५ बजे आफ्नै निजी निवास गौरादह नगरपालिका वार्ड नं. ४, मजुवामा निधन भएको हो ।

पेटमा ट्युमर सम्बन्धि रोगले पिडित भएका मृतक घिमिरे एक वर्ष अघि ट्युमरको अप्रेसन गरि घरमै स्वास्थ्यलाभ लिईरहेका थिए । ओखलढुंगाको चिशंखुपोखरीमा वि.सं. २००४ साल साउन १२ गते जन्मनु भएका सामाजिक तथा धार्मिक व्यक्तित्व घिमिरे सरस्वती घिमिरेसंग
वैवाहिक बन्धनमा बाँधिनु भएको थियो ।

उनका २ छोरा बुहारीहरू डण्डीराज – सरिता , युवराज – गोमा र छोरीहरू गंगा खतिवडा, शान्ता खतिवडा, कविता खतिवडासहित ५ नाति र ३ नातिनी छन् । उनको पार्थिक शरिरलाई आज दिउँसो १२ बजे झापा गौरादह नगरपालिका वार्ड नं. ७ स्थित फकिढिप गेउरिया घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
मृतक घिमिरेका जेठा छोरा डण्डीराज घिमिरे समरूप मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन विचारका सञ्चालक, सम्पादक तथा हुन् । जनता माध्यमिक विद्यालयमा अध्यापन पनि गर्दै आएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर