Aamsanchar

शिवसताक्षीमा कुलोको पानीमा डुबेर बालकको मृत्यु

Author Image
शनिवार, असार १३, २०७७

प्रतिकात्मक तस्वीर

शिवसताक्षी ।  कुलोको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका–८ काभ्रेचोक बस्ने मिलनकुमार बिष्टको ३ वर्षीय छोरा संयमकुमार बिष्टको कुलोको पानीमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार अपरान्ह ४ बजे घर नजिकै खेल्ने क्रममा अचानक उनी कुलोको पानीमाडुबेका थिए । डुबेर वेहोस भएका संयमको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर