Aamsanchar

कमल गाउँपालिकामा राई मृत अवस्थामा फेला

Author Image
शनिवार, असार २०, २०७७

बिर्तामोड । झापा जिल्ला कमल गाउँपालिका वडा नम्बर ६ रत्नपुर टोलमा एक व्यक्तीको लाश फेला परेको छ ।

मोरङ कानेपोखरी घर भई करिव ५ बर्ष देखि एक कुखुरा फर्म छेउमा बस्दै आएका अन्दाजी ५५ बर्षे भिमबहादुर राई मृत अवस्थामा फेला परेका हुँन ।

शनिबार आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरीक्षकको टोलीले खटी शव पोष्मार्टम लागि दमक स्थित आम्दा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर