Aamsanchar

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पितृशोकमा

Author Image
सोमवार, असार २२, २०७७

कृपासिंह घिसिङ

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस हुनुभएको थियो, तत्कालै मेडिकेयर अस्पताल लगिए पनि अस्ताताले उहाँलाई मृत घोषणा गरेको परिवारले जनाएको छ ।

उहाँका कुलमान घिसिङसहित ६ जना छोरा र तीन जना छोरी हुनुहुन्छ । उहाँको स्वयम्भूमा आजै अन्त्येष्टि गरिंदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर