Aamsanchar

कलगर्ल प्रयोग गरि यौन धन्दा चलाउँने इटहरीकी इन्दिरा पक्राउ

Author Image
सोमवार, असार २२, २०७७

सुनसरी । इटहरीमा यौन धन्दा गराउँदै आएकी एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ ।  कलगर्ल प्रयोग गरि यौन धन्दा गराउँदै आएको भन्दै इटहरीकी इन्दिरा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

इटहरी ९ स्थित रिभर साइड रिसोर्टमा छापा मारी सात जनालाई नियन्त्रणमा लिइएको थियो । ६ जनालाई प्रहरीले छोडिसको छ । श्रेष्ठलाई भने मानव वेचविखानमा मुद्धा दायर गरिएको प्रहरीले बताए ।

केहि बर्ष अगाडी सम्म यौनधन्दाले बदनाम इटहरी अहिले सुध्रदै गए पनि वेला बखत यौनधन्दाको छिटपुट घटना आईरहन्छन् । पछिल्लो केहि बर्ष यता यौन धन्दा गराउँनेहरु इटहरी क्षेत्रमा निस्कृय रहे पनि लुकीछिपी यौनधन्दा भईरहेको भन्दै प्रहरीले सक्रियता बढाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 332

प्रतिक्रिया (०)

सम्बन्धित खबर