Aamsanchar

मास्क नलाइ हिँडडुल गर्ने १ सय २८ जना परे ऐन अन्तरगत कार्वाहीमा

Author Image
सोमवार, असार २२, २०७७

बारा : बारामा मास्क नलाइ हिँडडुल गर्ने १ सय २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरस महामारीमा माक्स प्रयोगसम्बन्धी सचेतना अभियान चलाउँदा समेत यसको अवज्ञा गरी बिना माक्स हिँडडुल गर्ने तथा व्यवसाय संचालन गर्नेहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यापारी, सवारी चालक, पैदलयात्रु रहेका छन ।

उनीहरुलाई नियन्त्रणमा लिएर संक्रमक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासान कार्यालय मार्फत प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना पश्चात छाडिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर